Listen LIVE

काठमाडौं : अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ। सेभेनन्युजका अनुसार ३९ वर्षीया दीक्षा दाहालको बालकोनीबाट खसेर मृत्यु भएको हो। गत पुस १८ गते सिड्नीको पर्रामाट्टा अपार्टमेन्टको सातौं तल्लाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Advertisement 1

 

बालकोनीमा झुन्डिरहेका बेला सडकमा हिंडिरहेका मानिसहरूले त्यहाँको इमरेजेन्सी नम्बर 000 मा फोन गरेका थिए। प्रहरी आइनपुग्दै दीक्षाको खसेर मृत्यु भइसकेको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन्।

Advertisement 2

 

दीक्षा बाल्कोनीबाट १:४० मिनेटमा खसेको बताइएको छ। त्यसअघि ११:४५ मा उनले 000 मा कल गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। फोनमा कुराकानी नभए पनि त्यहाँ हो-हल्ला सुनिएको र यसबारे प्रहरीलाई जानकारी गराइएको अनुसन्धानबाट खुलेको छ। ‘ट्रिपल-० बाट दुईपटक सम्पर्क गर्ने प्रयास गरिए पनि फोन उठेन,’ डिटेक्टिभ सुपरिटेन्डेन्ट ब्यारी भिन्सेन्टले भनेका छन्।

Advertisement 3

 

मृत्यु शंकास्पद लागेपछि प्रहरीले उनका पति लबिन्द्र सुवेदीलाई पक्राउ गरेर सोधपुछ गरेको थियो। उनीविरुद्ध प्रमाण जुटाउन नसकेपछि प्रहरी उनलाई छाडेको थियो। दीक्षा र लबिन्द्रको दुई वर्षअघि विवाह भएको बताइएको छ। दीक्षा पेसाले नर्स थिइन्। विवाहपश्चात उनीहरूको सम्बन्धमा राम्रो नरहेको समाचारमा उल्लेख छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!