
काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार राति ११:०० बजे शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।
Advertisement 1
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शुक्रबार राति शपथ खुवाएका हुन्। पूर्व प्रधानन्यायाधीशसमेत रहेकी कार्की नेपालको प्रधानमन्त्री बन्ने पहिलो महिला हुन्।
Advertisement 2
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, मुख्यसचिव एकनारायण अर्याललगायतको उपस्थिति थियो। तर, पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधव नेपाल भने कार्यक्रममा उपस्थित रहेनन्।
Advertisement 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%