सन्देश भुसाल,दाङ, तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरमा एक वृद्धको घरमै गोली प्रहारबाट मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ८३ वर्षीय नारायण आचार्यको गोली लागेर मृत्यु भएको हो।
Advertisement 1
प्रहरीका डीएसपी अनिल ठकुरीका अनुसार आचार्यलाई आफ्नै घरको कोठाभित्र गोली लागेको थियो। घटनाको सूचना दिउँसो २ बजे प्रहरीलाई प्राप्त भएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार गोली लाग्ने हतियार घरमै रहेको बताइएको छ।
Advertisement 2
घटनास्थलमा प्रहरीको टोली पुगेर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ। मृत्युको कारण र घटनाको पूर्ण विवरण अझै स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ।
Advertisement 3
नारायण आचार्य लामो समयसम्म नेपाल रेडक्रस सोसाइटी, दाङको अध्यक्षका रूपमा सक्रिय रहनुभएको थियो। उहाँको निधनले स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।











