Listen LIVE

बाँके : बाँकेको खजुरामा बनेको सभागृहको नामकरणमा विवाद उत्पन्न भएको छ। गाउँपालिकाको सभामा निर्णय नगरी, अध्यक्षको एकलौटी निर्णयका आधारमा नाम परिवर्तन गरिएको भन्दै चौतर्फी आलोचना र टिप्पणी भइरहेको छ।

Advertisement 1

 

तत्कालीन अध्यक्ष किस्मत कक्षपतिले नेतृत्व गरेका बेला गाउँपालिकाको सभाले सर्वसम्मत रूपमा सभागृहलाई ‘मदन भण्डारी सभागृह’ नाम दिने निर्णय पारित गरेको थियो। तर, हाल अध्यक्ष डम्बर बिकको नेतृत्वको पालिकाले कुनै औपचारिक निर्णय बिना, रातारात मनोमानी ढंगले उक्त नाम परिवर्तन गरेको देखिएको छ।

Advertisement 2

 

स्थानीय बासिन्दाहरूले पालिकाको निर्णय उल्लंघन गर्दै जबरजस्ती नाम परिवर्तन गरिएको भन्दै असन्तोष जनाएका छन्। उनीहरूका अनुसार राज्यको लगानीमा बनेको सार्वजनिक सम्पत्तिमा व्यक्तिको नाम राख्नु उचित हुँदैन। “खजुरामा बनेको सभागृहको नाम खजुराकै नामले स्थापित गर्नुपर्छ, तर यो विधि र प्रक्रिया अनुसार हुनुपर्थ्यो,” एक स्थानीयले बताए।

Advertisement 3

 

स्थानीयहरूले यो नामकरणमा माओवादीले राजनीतिक स्वार्थ लुकाएको आरोप लगाएका छन्। “८ वर्षअघि सर्वसम्मत रूपमा मदन भण्डारी सभागृह भनेर पालिकाको सभाले पारित गरेको नाम परिवर्तन गर्दा पनि पालिकाको सभाबाट स्वीकृति लिनुपर्ने हो। तर, यस्तो भएन, जबरजस्ती गरिएको छ,” एक एमाले नेताले बताए।

एमालेसहितका दलहरूले तत्कालीन अध्यक्ष बिकको पालिकाको निर्णयविपरीत हाल गरिएको नाम परिवर्तनलाई दादागिरी शैलीको कदम भनेका छन्।

 

यस विवादबारे बुझ्नका लागि अध्यक्ष डम्बर बिकसँग पटक-पटक सम्पर्क गर्न खोज्दा उनले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!