Listen LIVE

नेपालगञ्ज, मङ्सिर ६ गते।नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ भट्टीटोल क्षेत्रबाट हराएको भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।

Advertisement 1

 

वडा प्रहरी कार्यालय नेपालगञ्जका अनुसार कार्तिक २९ गते रातको समयमा भारत उत्तर प्रदेश बहराईच मुनिरगन्ज घर भएका महेश शाहुको UP40AD 3554 नम्बरको मोटरसाइकल हराएको भन्ने खबर प्राप्त भएपछि प्रहरीले खोजतलास शुरु गरेको थियो।

Advertisement 2

 

प्रहरीको खोजतलासका क्रममा मङ्सिर ५ गते राति वडा नं. ८ भट्टीटोल नजिक उक्त मोटरसाइकल फेला पारी कार्यालयमा ल्याइएको थियो। आज सम्बन्धित सवारी धनीलाई मोटरसाइकल हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!