‘घोंघी सांस्कृतिक साँझ २०८३’ मा थारू कलाकारहरूको दमदार प्रस्तुति

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृतिको संरक्षण, हाम्रो अभियान’ भन्ने मूल नारासहित घोंघी स्टेशन प्रालिद्वारा जेठ १५ गते कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा थारू सांगीतिक क्षेत्रका चर्चित तथा उदाउँदा कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए। गायक तथा मोडल राज कुस्मी, गायक नरेश जोगी, गायिका तथा मोडल अन्जु कुस्मी, गायिका सोनु कुस्मी, गायक तथा संगीतकार गणेश चौधरी, गायिका समीक्षा चौधरी तथा गायक विजय चौधरी र विकास चौधरीले आफ्नो सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

 

त्यसैगरी मोडल रोनी चौधरी, दीपिका कुस्मी, सरोज सुनार, कविता चौधरी भट्टराई तथा नृत्याङ्गना सुमिना चौधरीले आकर्षक नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप रौनक बनाएका थिए।

आयोजक घोंघी स्टेशनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य थारू समुदायको भाषा, संस्कृति तथा परम्परागत पहिचानको संरक्षण र प्रवर्द्धन गर्नुका साथै काठमाडौंमा बसोबास गर्ने थारू समुदाय र कला–संस्कृतिप्रेमी दर्शकलाई एकै थलोमा जोड्नु रहेको थियो।

कार्यक्रमस्थल बाहिर थारू परिकारहरूको विशेष प्रदर्शनीसमेत गरिएको थियो, जहाँ दर्शकहरूले सुपथ मूल्यमा विभिन्न थारू खानाका स्वाद लिन पाएका थिए। यसले थारू संस्कृतिको प्रवर्द्धनसँगै समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउन पनि सहयोग पुगेको आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य प्रायोजक ‘चौधरी दाइको’ तथा सह–प्रायोजक ‘चौधरी सेकुवा’ रहेका थिए। जीए म्युजिक र आर प्रोडक्सन एण्ड इन्टरटेनमेन्टले कार्यक्रम व्यवस्थापनमा सहकार्य गरेका थिए भने समावेशी सञ्चार डटकम, थारू भाषा पृष्ठ, आपन थारू समुदाय, थारूवान डटकम र एबाउट नेपाल मिडिया पार्टनरका रूपमा रहेका थिए।

              

तस्बिर : रजनीकान्त जसराज

error: Content is protected !!