Listen LIVE

सिराज खान , नेपालगन्ज, जेठ १६ गते । नेपालगन्ज उपमहानगरपालिका –२१ नयाँ बस्तीमा रहेको एभरेष्ट प्लाई ढोका उद्योगमा भएको भिषण आगलागीबाट पाँच करोड रुपियाँ बरावरको क्षति भएको छ ।

Advertisement 1

 

उद्योगका सञ्चालक प्रकाश रानाले दिनुभएको जानकारीअनुसार शुक्रवार दिउँसो लागेको आगो नियन्त्रण गर्ने धेरै प्रयास गरिए पनि शनिवार विहान मात्रै नियन्त्रणमा आएको थियो । सो आगलागिबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ढोकाहरु जलेर खरानी भएको छ ।

Advertisement 2

 

उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ तथा तयारी ढोकाहरु जलेर खरानी हुँदा पाँच करोडको क्षति पुगेको उद्योगका सञ्चालक रानाले बताउनुभयो । उहाँले आगलागीको यकिन कारण पत्ता नलागे पनि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताउनुभयो ।

Advertisement 3

 

जिल्ला प्रहरी कार्यालय बाँँकेका अनुसार शुक्रवार दिउँसो करिब ३ बजे सुरु भएको आगलागीले भिषण रुप लिएर बढ्दै जाँदा शनिवार विहान मात्र नियन्त्रणमा आएको थियो ।

 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरका अनुसार बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबाट आएका करिब एक दर्जन जति बारुण यन्त्र, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा धेरै बेरपछि आगलागी नियन्त्रणमा आएको थियो ।

 

उहाँले आगलागीको कारण र क्षति विवरण अझै पनि प्राप्त नभएको जनाउँदै उद्योगको अधिकांश भाग जलेर खरानी बनेको हुँदा क्षति विवरण संकलनको काम भइरहेको बताउनुभयो ।

 

उद्योगका तर्फबाट निवेदन प्राप्त भएपछि मुचुल्का गरिने जनाउँदै प्रहरी प्रवक्ता राठोरले आगलागिबाट ठुलो क्षति भएको बताउनुभयो । उहाँले काठ उद्योग भएकाले आगो नियन्त्रण गर्न निकै कठिन भएको प्रष्ट पार्दै वरिपरि स्थानीयका घरहरु समेत रहेकोले केही घरहरु पनि खाली गराइएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!