Listen LIVE

नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राई ले बाँकेको समग्र विकासका लागि आवश्यक मुख्य–मुख्य योजनाहरू समेटिएको विस्तृत सूची प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गरेका छन्।

Advertisement 1

 

सिंहदरबारमा बुझाइएको उक्त निवेदनमा बाँकेको पूर्वाधार, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राख्दै विभिन्न प्राथमिकताका योजनाहरू अघि सारिएका छन्।

Advertisement 2

निवेदनमा नेपालगञ्ज लाई क्षेत्रीय हबको रूपमा विकास गर्ने लक्ष्यसहित नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडान सञ्चालन, आधुनिक क्रिकेट रंगशाला निर्माण, नौवस्ता औद्योगिक क्षेत्रको शीघ्र सञ्चालन तथा एकीकृत भन्सार जाँच चौकीलाई सुदृढीकरण गर्ने प्रस्ताव गरिएको छ।

Advertisement 3

यसैगरी, बाढी तथा डुबान नियन्त्रणका लागि राप्ती नदी आसपास तटबन्ध निर्माण, चक्रपथ (रिङरोड) विस्तार तथा विभिन्न सडक स्तरोन्नतिका योजनालाई प्राथमिकतामा राखिएको छ।

भेरी अस्पताल लाई विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। यसका लागि विशेषज्ञ चिकित्सकको दरबन्दी थप, ट्रमा सेन्टर स्थापना, जटिल रोगहरूको उपचार व्यवस्था विस्तार र पूर्वाधार सुधार गर्नुपर्ने उल्लेख गरिएको छ।

 

साथै, स्थानीय तहका अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई आधुनिक सेवासहित सुदृढ बनाउनुपर्ने माग गरिएको छ।

 

बाँकेमा सामाजिक एकता मजबुत बनाउन अन्तरधार्मिक संवाद तथा सहिष्णुता कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्ताव गरिएको छ।

 

धार्मिक पर्यटन प्रवर्द्धनका लागि बागेश्वरी मन्दिर लगायत विभिन्न धार्मिक स्थलहरूको विकास तथा भारतीय पर्यटक आकर्षित गर्न जमुनाह नाकामा सुविधा विस्तार गर्नुपर्ने उल्लेख छ।

 

लागुऔषध दुरुपयोग नियन्त्रणका लागि सीमा निगरानी कडा बनाउँदै पुनःस्थापना केन्द्र, उद्धार तथा परामर्श सेवाको विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

 

कृषि क्षेत्रलाई प्राथमिकता दिँदै मल अभाव समाधान, किसान लक्षित विशेष कार्यक्रम सञ्चालन र उत्पादन वृद्धि गर्ने योजना पनि प्रस्तुत गरिएको छ।

 

शिक्षा क्षेत्रमा डिजिटल प्रणाली विस्तार गर्दै केही विद्यालयबाट पाइलट प्रोजेक्ट सुरु गरी भौतिक तथा प्रविधिमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको छ।

 

साथै, महेन्द्र बहुमुखी क्याम्पसलाई क्षेत्रीय विश्वविद्यालयको रूपमा विकास, प्राविधिक विश्वविद्यालय सञ्चालन, भेरी प्राविधिक शिक्षालय स्तरोन्नति तथा पुस्तकालय पूर्वाधार सुधारका योजनाहरू पनि समेटिएका छन्।

 

समग्रमा सांसद राईले बाँकेको दीर्घकालीन विकासका लागि रणनीतिक र बहुआयामिक योजना अघि सार्दै संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!