Listen LIVE

काठमाडौं : बालेन्द्र शाहसँग लुम्बिनी प्रदेशका सांसदहरूले आज भेटघाट गर्दै विभिन्न विकास र समसामयिक विषयमा छलफल गरेका छन्।

Advertisement 1

 

उक्त भेटमा बाँके क्षेत्र नं. ३ का सांसद खगेन्द्र सुनारले आफ्नो क्षेत्रको समग्र विकासका लागि विभिन्न योजनाहरू अघि सार्दै लिखित माग प्रस्तुत गर्नुभएको छ। उहाँले लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण, नौवस्ता औद्योगिक क्षेत्र स्थापना, मानखोला–करेली खोला तटबन्धन, वन्यजन्तु आरक्ष क्षेत्रमा पर्खाल निर्माण, सडक स्तर उन्नति लगायतका पूर्वाधार विकासका योजनाहरू अघि सार्नुभयो।

Advertisement 2

 

त्यसैगरी सिक्टा सिंचाई आयोजना र भेरी बबई डाइभर्सन आयोजना सञ्चालनलाई प्रभावकारी बनाउने, खजुरा क्यान्सर अस्पतालको स्तर उन्नति गर्ने, साथै किसान, मजदुर र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने माग समेत राखिएको छ।

Advertisement 3

 

सुनारले दलित समुदायसँग राज्यले माफी माग्ने र नयाँ कार्यक्रम घोषणा गर्ने सन्दर्भमा तत्काल कार्यदल गठन गरी काम अघि बढाउन सुझाव दिनुभएको थियो। उक्त विषयमा आवश्यक समन्वय गर्न पहल गरिने जनाइएको छ।

 

यसैगरी सुनचाँदी व्यवसायीहरूले भोगिरहेका समस्याको समाधानका लागि समेत ध्यानाकर्षण गराइएको छ। यस विषयमा सरोकारवाला निकायसँग छिट्टै छलफल गरी समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

 

भेटवार्तामा यी बाहेक अन्य समसामयिक विषयहरूमा पनि छलफल भएको बताइएको छ। सहभागीहरूले ‘देश पहिला’ भन्ने भावनासहित समग्र विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!