नेपालगञ्जमा कमेडी च्याम्पियन सिजन–४ को अडिसन हुँदै

 

नेपालगञ्ज, बाँके । लोकप्रिय हास्य रियालिटी शो कमेडी च्याम्पियन ले आफ्नो चौथो सिजनका लागि देशका विभिन्न स्थानमा प्रि–जज अडिसन सञ्चालन गरिरहेको छ। यसैक्रममा जेठ २५ गते (सोमबार) नेपालगञ्जमा पनि अडिसन आयोजना हुने भएको छ।

 

आयोजकका अनुसार अडिसन दिउँसो १ बजेदेखि ५ बजेसम्म नेपालगञ्जस्थित सिद्धार्थ हस्पिटालिटी मा सञ्चालन हुनेछ। कमेडी क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गर्न चाहने सहभागीहरूले अडिसनमा भाग लिन सक्नेछन्।

 

कमेडी च्याम्पियनले विगतका सिजनमार्फत नेपाललाई थुप्रै प्रतिभाशाली कमेडियन दिएको छ। पहिलो सिजनका विजेता हिमेश पन्त (२०२०), दोस्रो सिजनका विजेता भरतमणि पौडेल (२०२१) तथा तेस्रो सिजनका विजेता सुनील खड्का (२०२४) ले यस कार्यक्रमबाट राष्ट्रिय पहिचान बनाएका छन्। कार्यक्रमले धेरै नयाँ अनुहारलाई नेपाली हास्य क्षेत्रमा स्थापित हुन महत्वपूर्ण अवसर प्रदान गर्दै आएको छ।

 

कमेडी क्षेत्रमा भविष्य बनाउन चाहने बाँके, बर्दिया, कैलाली, दाङ, सुर्खेत लगायत आसपासका जिल्लाका इच्छुक युवाहरूलाई नेपालगञ्ज अडिसनमा सहभागी हुन आयोजकले आग्रह गरेको छ। अडिसनका लागि अनलाइन दर्ता फारम भर्न सकिने व्यवस्था समेत गरिएको छ।

 

नेपालगञ्जमा हुन लागेको यस अडिसनले पश्चिम नेपालका उदीयमान हास्य प्रतिभाहरूलाई राष्ट्रिय मञ्चसम्म पुग्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

error: Content is protected !!