Listen LIVE

बाँके, कोहलपुर १२, शान्ति टोलका भीम बहादुर घर्ती र दिलकुमारी घर्तीका लागि नेपालगन्जका समाजशेवि तथा पत्रकार आशिष मल्ल ठकुरी भगवान बनेर बेशहरा को शहरा आएका छन । १६ वर्षीय छोरा सन्दीप घर्ती गएको साउनमा अचानक बिरामी पर्दा बुवा-आमा परदेशमा थिए।

Advertisement 1

 

बिरामी सन्दीपलाई साउनको २८ गते नेपालगञ्जको एक अस्पतालमा आफन्तले भर्ना गरेका थिए , तर चार दिनसम्म पनि सुधार नदेखिएपछि काठमाडौं वा लखनऊ लैजानु पर्ने भयो। बाआमा रोजगारको ठाउँबाट सोझै लखनऊ पुगे भने आफन्तले सन्दिपलाई लखनऊ पुर्याएका थिए । तर, लखनऊको देबिना अस्पतालमा राम्रो उपचार पाइएला भन्ने आशामा पुगेका परिवारलाई अस्पतालको लापरवाही र गैरजिम्मेवार व्यवहारले झन् ठूलो धक्का दियो। सन्दीपको अवस्था बिग्रँदै जाँदा, अस्पताल प्रशासनले देखाएको उदासीनता र बेवास्ताले परिवारलाई निराशा मात्र दिएन, सन्दीपको जीवन झन् संकटमा पारिदियो।एक महिनासम्म लखनऊको देबिना अस्पतालमा उपचार गर्दा सन्दीपको स्वास्थ्यमा सुधारको सट्टा स्थिति झन् बिग्रिँदै गयो। अस्पतालले दिनहुँ ४०-४५ हजार भारतीय रुपैयाँको औषधि खरिद गर्न लगाउँदा परिवार माथी आर्थिक भार निरन्तर बढ्दै गयो।

Advertisement 2

औषधि र उपचारका नाममा करीब ७ लाख भारतीय रुपैयाँ अर्थात् ११ लाख २० हजार नेपाली रुपैयाँ खर्च भयो। तर यति ठूलो रकम खर्च गर्दा पनि, न त सन्दीपको रोगको पत्ता लाग्यो , न त अस्पतालले प्रभावकारी उपचार प्रदान गर्यो। त्यसपछि सन्दिपलाई आमा बुवाले घर फर्काएका थिए।यही बेला, आशिष मल्ल ठकुरीको सच्चा मानवता प्रकट भएको छ ।

सन्दीपको उपचारमा कुनै सम्झौता नहोस् भन्ने दृढतासहित उनले आफ्ना व्यक्तिगत जिम्मेवारीलाई छोडेर घर्ती परिवारको सहयोगमा हात बढाएका छन । देबिना अस्पतालको लापरवाहीबाट प्रभावित परिवारलाई उनले नयाँ आशा दिएका छन । आशिषले आफ्नै पहलमा बिहिबार सन्दीपलाई उपचार गराउन पुन लखनऊ लगेकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!