Listen LIVE

तुलसीपुर, फागुन ७ : तुलसीपुर महोत्सवमा दर्शकहरूको अत्यधिक उपस्थिति देखिएको छ। आजको विशेष सांगीतिक कार्यक्रममा चर्चित गायक पुष्कल शर्मा, गायिका सिम्रन परियार र एमटी महरले शानदार प्रस्तुति दिएका छन्। उनीहरूका लोकप्रिय गीतमा दर्शक रमाइलो गर्दै नाचगान गरेका थिए।

Advertisement 1

 

फागुन १ गतेदेखि सुरु भएको महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ। प्रत्येक दिन दर्शकहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। मेलामा स्थानीय तथा राष्ट्रिय व्यवसायिक स्टलहरू राखिएका छन्, जसले व्यापार प्रवर्द्धनमा टेवा पुर्‍याइरहेका छन्।

Advertisement 2

 

महोत्सवलाई थप व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको आयोजक समितिले जनाएको छ। दर्शकहरू मनोरञ्जनसँगै किनमेल र विभिन्न परिकारहरूको स्वाद लिँदै रमाइरहेका छन्। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति दिनहुँ आकर्षणको केन्द्र बनेको छ।

Advertisement 3

 

सांस्कृतिक समितिका संयोजक सन्तोष खड्काका अनुसार भोलि पनि चर्चित तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। उनले भने, “महोत्सवले स्थानीय तथा राष्ट्रिय कलाकारहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरिरहेको छ। दर्शकहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ।”

 

दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम, बाँके लगायतका जिल्लाबाट पनि दर्शकहरू महोत्सवमा सहभागी हुन आइरहेका छन्। महोत्सवको सफलताका लागि आयोजकले सबै आवश्यक तयारी गरिरहेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!