Listen LIVE

दिल्ली : भारतको राजधानी दिल्लीको शाहदरा क्षेत्रमा दिपावलीको रात एकै परिवारका तीनजनालाई गोली हानिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोली लागेर नाबालकसहित दुई जनाको मृत्यु भएको छ भने १० वर्षीय बालक घाइते भएका छन्।

Advertisement 1

 

पीडित तीनै जना एकै परिवारका हुन्। घटनाबारे जानकारी दिँदै शाहदराका डीसीपी प्रशान्त गौतमले समाचार एजेन्सी पीटीआईसँग भनेका छन्, ‘हामीले लगभग ८स्३० बजे पीसीआई कल प्राप्त गर्‍यौँ, जसमा हामीलाई गोली चलाइएको र केही व्यक्तिलाई गोली लागेको बताइएको छ। घटनास्थल पुग्दा तीन जनालाई गोली लागेको पाइयो।’

Advertisement 2

 

पीडितको बारेमा जानकारी दिँदै उनले अघि भने, ‘एक जनाको नाम आकाश हो, जसको उमेर ४० वर्ष हो। एक जनाको नाम ऋषभ हो, उमेर १६ वर्ष र आकाशका छोरा १० वर्षीय कृष शर्मालाई पनि गोली लागेको छ। आकाश र उनका भतिजा ऋषभको मृत्यु भएको छ। थप अनुसन्धान गरिरहेका छौँ।’

Advertisement 3

 

पीटीआईका अनुसार पीडितहरू शाहदराको फर्श बजार क्षेत्रमा आफ्नो घरबाहिर दीपावली मनाइरहेका बेला राति करिब ८ बजे गोली प्रहार भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!