Listen LIVE

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले सुर्खेत रोडको फुटपाथ क्षेत्र खाली गराउने अभियान सुरु गरेको छ। पटक–पटक सूचना जारी गरे पनि अवैध संरचना नहटेपछि आज उपमहानगरले डोजर प्रयोग गरेर सडकपेटी अतिक्रमण हटाउन थालिएको हो।

Advertisement 1

 

वीपी चोकदेखि धम्बोझी चोकसम्म रहेका टहरा, अवैध पसल र फुटपाथ कब्जा गरिएका संरचना हटाउन मेयर प्रशान्त विष्ट स्वयम् उपस्थित भए। मेयर डोजरसहित सडकमा देखिएपछि वर्षौंदेखि चेतावनीलाई हल्का रूपमा लिएका व्यापारीहरू पनि अलमलमा परेका थिए।

Advertisement 2

 

उपमहानगरले केही समयअघि अपांगमैत्री फुटपाथ निर्माण र वृक्षारोपणका लागि उक्त स्थान खाली गर्न सूचना जारी गरेको थियो। त्यसपछि मौखिक चेतावनी पनि दिइएको थियो तर तोकिएको समयमा संरचना नहटेपछि आजबाट अभियान सुरु गरिएको हो।

Advertisement 3

 

नगर प्रमुख विष्टका अनुसार सुर्खेत रोडको पश्चिमतर्फ नालादेखि सात फिट फुटपाथ क्लियर गरिने, हरियाली जोड़िने र अपांगमैत्री बनाइने योजना रहेको छ। निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बताए।

 

उपमहानगरले आगामी चरणमा धम्बोझी चोकदेखि पुष्पलाल चोकसम्म र गणेशमान चोकदेखि वीपी चोकसम्मका फुटपाथ क्षेत्र पनि क्रमशः खाली गराइने जनाएको छ। अभियानमा नेपाल प्रहरी र नगर प्रहरीले समेत सहयोग गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle
error: Content is protected !!