नेपालगञ्ज पोष्ट, खजुरा: खजुरा गाउँपालिका क्षेत्रभित्र अवैध रूपमा माटो र बालुवा उत्खनन् तथा ढुवानी गर्दै आएका एक दर्जनभन्दा बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Advertisement 1

खजुरा गाउँपालिका–५, ६ र ८ का विभिन्न स्थानमा ऐलानी जग्गाबाट गैरकानुनी उत्खनन् भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले कारबाही गरेको हो। कारबाहीका क्रममा एउटा जेसीबी, एउटा टिपर र ११ वटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
Advertisement 2

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबै सवारीसाधन आवश्यक कारबाहीका लागि खजुरा गाउँपालिकाको कार्यालयमा बुझाइएको छ। गाउँपालिकाले नियमविपरीत उत्खनन् तथा ढुवानी गरेको पुष्टि भएपछि सम्बन्धित सवारीधनीलाई लाखौँ रुपैयाँ बराबरको जरिवाना तिराएर सवारीसाधन फिर्ता गरिएको जनाइएको छ।
Advertisement 3

अवैध उत्खनन्का कारण वातावरणीय जोखिम बढ्दै गएको उल्लेख गर्दै प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ कडा बनाइने जनाएको छ।









प्रतिक्रिया