सोलुखुम्बु : सेवामा खटिरहेकै बेला एक प्रहरी हवल्दारको आइतबार निधन भएको छ।
Advertisement 1
अस्थायी प्रहरी चौकी दोर्पुका इञ्चार्ज ३८ वर्षीय शिवप्रसाद भट्टराईको आइतबार बिहान ड्युटीमै रहेका बेला निधन भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिएका छन्।
Advertisement 2
लिम्बूका अनुसार शनिबार राति १२ बजे ड्युटीमै रहँदा भट्टराईको पेट अचानक अत्यधिक दुख्न थालेपछि उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो। अस्पताल लैजाने क्रममा नै उनी बेहोश भएका थिए र उपचारकै क्रममा निधन भएको बताइएको छ।
Advertisement 3
भट्टराई भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। अहिले उनको शव घर पठाउने प्रक्रिया भइरहेको प्रहरीले नेपालगञ्ज पोष्ट जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










प्रतिक्रिया