Listen LIVE

सोलुखुम्बु : सेवामा खटिरहेकै बेला एक प्रहरी हवल्दारको आइतबार निधन भएको छ।

Advertisement 1

 

अस्थायी प्रहरी चौकी दोर्पुका इञ्चार्ज ३८ वर्षीय शिवप्रसाद भट्टराईको आइतबार बिहान ड्युटीमै रहेका बेला निधन भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिएका छन्।

Advertisement 2

 

लिम्बूका अनुसार शनिबार राति १२ बजे ड्युटीमै रहँदा भट्टराईको पेट अचानक अत्यधिक दुख्न थालेपछि उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो। अस्पताल लैजाने क्रममा नै उनी बेहोश भएका थिए र उपचारकै क्रममा निधन भएको बताइएको छ।

Advertisement 3

 

भट्टराई भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। अहिले उनको शव घर पठाउने प्रक्रिया भइरहेको प्रहरीले नेपालगञ्ज पोष्ट जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!