Listen LIVE

नेपालगञ्ज : जनता समाजवादी पार्टीका महासचिव तथा पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जमा दीर्घकालदेखि कायम रहेको सामाजिक र धार्मिक सद्भावमा केही समूहले धक्का पुर्‍याउन खोजिरहेको टिप्पणी गरेका छन्। डुडुवा गाउँपालिका–५ कम्दीमा सुरु भएको कमरशाह बाबा मेलाको उद्घाटन गर्दै उनले नेपालगन्जको सद्भाव देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै प्रशंसनीय रहेको बताए।

Advertisement 1

राईका अनुसार सामाजिक र धार्मिक सहअस्तित्व नै उन्नत समाजको आधार हो, र सबैको संयुक्त प्रयास बिना बाँकेको समग्र विकास सम्भव छैन। उनले केही तत्वले सद्भाव भंग गर्ने गतिविधि गर्दै समाजमा अविश्वास फैलाउन खोजेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरे।

Advertisement 2

पूर्व मन्त्रीले आफूले पदमा रहँदा सुरु गरेका विकास योजनाहरु क्रमशः पूरा हुँदै जनताले प्रत्यक्ष लाभ लिन थालेको दाबी गरे। चुनावका बेला आफूमाथि लगाइएको आरोप गलत भएको उल्लेख गर्दै उनले तयार भएका संरचनाहरुले नै आरोपको उत्तर दिएको बताए।

Advertisement 3

राप्ती नदीमा निर्माणाधीन पुल आफूले शिलान्यास गरेको बताउँदै उनले सो परियोजनाले स्थानीय मात्र होइन, देशभरका नागरिकलाई सुविधा दिने विश्वास व्यक्त गरे।

 

उनले कम बोल्ने तर काम धेरै गर्ने आफ्नो शैली भएको भन्दै विकासका संरचनाले नै आफ्नो कामको प्रमाण प्रस्तुत गरेको बताए।

 

राईले वर्तमान परिस्थितिमा आगामी निर्वाचन समयमै हुनेमा शंका रहेको उल्लेख गर्दै जेन जी आन्दोलनपछि सुरक्षाको अवस्था कमजोर भएको तर्क गरे। उनका अनुसार प्रहरीको हतियार लुटिने घटना र कैदी फरार मुद्दाले जनतामा असुरक्षा बढाएको छ।

 

उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व कृषि मन्त्री भण्डारीलाल यादवले विकासलाई प्राथमिकतामा राख्ने नेतालाई निर्वाचनमा साथ दिन मतदातालाई सुझाव दिए। उनले कमरशाह बाबा परिसरको विकासलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रम कमरशाह बाबा मजार व्यवस्थापन समितिका अध्यक्ष सगिर खाँको अध्यक्षतामा सम्पन्न भयो। डुडुवा–५ का वडा अध्यक्ष झंकबहादुर थापाले मजार इस्लाम धर्मावलम्बी मात्र होइन, सबै समुदायका लागि साझा आस्थाको स्थान भएको बताए। समितिले मेला मंसिर २८ गतेसम्म चल्ने जानकारी दिइयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!