Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज, फागुन १४ : हिन्दू धर्मावलम्बीहरूको एक महत्वपूर्ण चाड महाशिवरात्रि आज नेपालगञ्जसहित बाँके जिल्लाका विभिन्न शिवालयहरूमा भक्तिभावका साथ मनाइँदैछ। विशेषगरी बागेश्वरी मन्दिरमा विहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ।

Advertisement 1

 

Advertisement 2

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पवित्र पर्वलाई भगवान् शिवको उत्पत्तिको रातका रूपमा लिइन्छ। पुराणअनुसार, कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार पवित्र रात्रीहरू मध्ये शिवरात्रिको विशेष धार्मिक महत्व रहेको छ।

 

Advertisement 3

यस पावन दिनमा भक्तजनहरूले व्रत बस्ने, शुद्ध भई पूजा-अर्चना गर्ने तथा भगवान् शिवलाई दूध, धतुरो र बेलपत्र अर्पण गर्ने परम्परा रहेको छ। धार्मिक विश्वास अनुसार, यस दिन “ॐ नमः शिवाय” मन्त्रको जाप गरी उपवास राख्ने व्यक्तिले सबै पापमुक्त भई यमलोक जानु नपर्ने मान्यता रहेको छ।

 

बागेश्वरी मन्दिर परिसरमा रहेको जुङ्गेश्वर महादेवको मूर्ति र तलाउलाई विशेष रूपमा सजाइएको छ। दर्शनार्थीहरूलाई सुव्यवस्थित र सुरक्षित रूपमा पूजा गर्ने व्यवस्था गरिएको छ।

 

यस पर्वका अवसरमा प्रहरीले गाँजा, भाङ र धतुरोको विक्री वितरणमा प्रतिबन्ध लगाएको छ, जसले महाशिवरात्रिको पवित्रता र मर्यादा कायम राख्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

 

यसैबीच, काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि विहान २:३० बजेबाट ढोका खोलिएको छ र देशविदेशबाट आएका भक्तजनहरूको ठूलो भिड लागेको छ। महाशिवरात्रिको अवसरमा निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र भजन-कीर्तन गरिने परम्परा रहेको छ।

भक्तजनहरूको विश्वास अनुसार, शिवरात्रि पर्वको पालना गर्दा भोग र मोक्ष दुवै प्राप्त हुने जनविश्वास छ। नेपालगञ्ज लगायत देशभरका शिवालयहरूमा आजको दिन भगवान् शिवको आराधनामा भक्तिभावले वातावरण भव्य बनेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!