नेपालगन्ज। भ्रष्टाचारविरुद्ध सक्रिय संस्था बास नेपालले आफ्नो रजत वर्ष उत्सव नेपालगन्जमा विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। २५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथिको रूपमा सहभागी भए।
Advertisement 1

समारोह संस्थाका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि मन्त्री भण्डारीले भ्रष्टाचारविरुद्धको अभियानमा नागरिक स्तरमै जागरूकता आवश्यक रहेको बताए। उनले समुदायदेखि प्रदेशसम्म सुशासनका लागि सक्रिय भएकाले युवाको भूमिकाले अझै ठूलो परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे। बास नेपालले निरन्तर सञ्चालन गरिरहेको अभियानले देशभर युवा ऊर्जा बढाएको भन्दै उनले आफ्नो तर्फबाट पनि सहयोग रहने बताए।
Advertisement 2

कार्यक्रममा विशिष्ट अतिथि तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले बास नेपाल ७ प्रदेश र ७७ जिल्लामा फैलिएको बताउँदै संस्थाले सरकार र समुदायलाई नैतिकतामा आधारित उत्तरदायित्वबोध गर्न प्रेरित गर्दै आएको बताए। उनले संस्थाको आगामी यात्रा अझ प्रभावकारी हुने उल्लेख गरे।
Advertisement 3

विशिष्ट अतिथि तारानाथ दाहालले बास नेपालले सञ्चालन गरिरहेको सुशासन अभियानलाई देशमा आवश्यक परेका महत्वपूर्ण अभियानमध्ये एक बताए। राज्य व्यवस्थामा कमजोरी देखिएको बेला बासजस्ता संस्थाले सही मार्गतर्फ धकेल्ने काम गरिरहेको उनले बताए।
त्यसैगरी, भ्रष्टाचारविरुद्धका अभियन्ता केदार खड्काले २५ वर्षमा बासले राष्ट्रियस्तरको पहिचान बनाएको भन्दै जहाँ समस्या छ, त्यहीँ बास नेपाल सक्रिय हुने बताए।
कार्यक्रममा बासका केन्द्रीय महासचिव कल्पना अधिकारीले सञ्चालन गरेका विभिन्न सम्मान तथा पुरस्कार घोषणा गर्दै सम्मानपत्र तथा दोसल्ला प्रदान गरिएको थियो।
सूचनाको हक प्रवर्द्धनमार्फत भ्रष्टाचारविरुद्ध सक्रिय योगदान पुर्याएको कदरमा अभियन्ता तारानाथ दाहाललाई सम्मान गरियो।
विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
सम्मानित व्यक्तिहरूमा शिक्षा क्षेत्रबाट विजय लामा, स्वास्थ्य क्षेत्रबाट डा. एम किदवाई, साहित्यबाट सनत रेग्मी, पत्रकारिताबाट झलक गैरे, महिला तथा बालबालिका उत्थानबाट मैमुना सिद्धिकी, कला क्षेत्रबाट कमल बिके निर्मोही, इनोभेसनबाट समिरमान श्रेष्ठ, ट्राफिक स्वयंसेवा क्षेत्रमा शिव वास्ताकोटी, वातावरणीय सरसफाईतर्फ चक्र बहादुर चन्द, जलवायु न्याय र सरसफाई अभियानबाट रबिन्द्र लामिछाने तथा विषादी व्यवस्थापनतर्फ तेज बिक्रम शाहलाई सम्मान गरिएको हो।
राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाद्वारा लिखित पुस्तक ‘खुसीको गारेटो’ लाई समेत सम्मान गरियो।
बास नेपालका उत्कृष्ट शाखा, कर्मचारी तथा स्वयंसेवकहरूलाई पनि सम्मान गरियो।
उत्कृष्ट वर्ष कर्मचारी:
शुद्ध प्रशाद चौधरी (प्रशासकीय अधिकृत)
मिना घर्ती मगर (प्रशासन सहायक)
उत्कृष्ट शाखा:
प्रथम: दैलेख (रु १० हजार)
द्वितीय: बाँके (रु ७ हजार)
तृतीय: बर्दिया (रु ५ हजार)
सान्त्वना: दार्चुला (रु ३ हजार)
उत्कृष्ट स्वयंसेवक २०८२:
पुरुष: चन्द्र प्रसाद जैसी
महिला: संगिता बि.क.
इनोभेटिम राष्ट्रिय युवा स्वयंसेवक पुरस्कार: एक नारायण अधिकारी (बर्दिया) – ट्रफी, दोसल्ला र रु ५० हजार
कार्यक्रममा बास नेपालका कर्मचारी मिना घर्ती मगर, शोभा चौधरी, सबिना रोका मगर र कृष्णा बि.क.ले नृत्य प्रस्तुत गरेका थिए। समारोहमा करिब ३५० भन्दा बढी सहभागी थिए।









प्रतिक्रिया