Listen LIVE

काठमाडौं – आफूलाई नेपाल प्रहरीको इन्स्पेक्टर भन्दै ठगी गर्दै आएका एक युवक पक्राउ परेका छन्। काठमाडौं मनोहराका सुदीप थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

Advertisement 1

 

थापाले इन्स्पेक्टरको नक्कली परिचयपत्र बनाएर, फुली सहितको प्रहरीको युनिफर्म लगाएर विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने गरेको खुलेको छ। उनले विदेश पठाउने प्रलोभन देखाएर तीनजनाबाट ६९ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

Advertisement 2

 

अनुसन्धानका क्रममा थापाले प्रहरी कार्यालयहरूमा समेत प्रवेश गरेर आफू इन्स्पेक्टर भएको भ्रम छरिने गरेको खुलेको छ। युनिफर्म लगाएर कार्यालयमा पुग्ने र जुनियर प्रहरीलाई सलाम गर्न लगाउँदै पीडितहरूलाई विश्वासमा पार्ने उनको शैली रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

Advertisement 3

 

थापाले आफू सईबाट विशेष बढुवा पाउँदै इन्स्पेक्टर भएको भन्दै प्रहरीलाई समेत झुक्याउने गरेका थिए। यस किसिमको ठगीका कारण प्रहरीलाई समेत गम्भीर रूपमा सचेत बनाएको छ।

 

अहिले थापामाथि थप अनुसन्धान जारी रहेको छ। पीडितहरूले सतर्क रहनु र यस्ता ठगहरूको गतिविधिबारे प्रहरीलाई तत्काल जानकारी दिन आग्रह गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!