Listen LIVE

नेपालगन्ज, बाँके। बाँके प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उप–महानगरपालिका–१३ का नवीन सुनार रहेका छन्।

Advertisement 1

 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, सुनार २०८२ साल मंसिर ३ गते राति करिब पौने १० बजे भएको धारिलो हतियार (खुकुरी) प्रहारको घटनामा संलग्न भई फरार थिए। उक्त घटनामा सुरज गिरी लगायतका व्यक्तिहरूको समूहले एक व्यक्तिलाई गम्भीर घाइते बनाएको थियो।

Advertisement 2

 

जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सक्रियता बढाएको थियो। बाँके प्रहरीले दिएको जानकारी अनुसार, फरार रहेका नवीन सुनारलाई आज बिहान नियन्त्रणमा लिइएको हो।

Advertisement 3

पक्राउपछि सुनारमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बाँके प्रहरीले जनाएको छ।

 

प्रहरी स्रोतका अनुसार, घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य अहिले पनि जारी रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle
error: Content is protected !!