Listen LIVE

सन्देश भुसाल , नेपालगन्ज । ११औं धरा नेपालगन्ज म्याराथनको खुला पुरुष उपाधि नेपाली सेनाका खडक बहादुर खड्काले जितेका छन्। शनिबार बिहान सम्पन्न म्याराथनमा उनले ४२ किलोमिटर दूरी २ घण्टा १५ मिनेट ८ सेकेन्डमा पूरा गर्दै लगातार दोस्रो पटक उपाधि सुरक्षित गरे। उपाधिसँगै खड्काले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

Advertisement 1

त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११ औं धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन्। उनले लगातार दोस्रो र समग्रमा तेस्रो पटक यो उपाधि जितेका हुन्। तस्बिर सौजन्य – अमित रावल

त्यसैगरी २ घण्टा १६ मिनेट ४८ सेकेन्डमा दूरी पूरा गर्दै नेपाली सेनाका सुशिल कुमार शाही दोस्रो बने। सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की २ घण्टा १९ मिनेट १८ सेकेन्डको समय निकाल्दै तेस्रो भए। शाहीले १ लाख रुपैयाँ र पार्कीले ५० हजार रुपैयाँसहित पदक प्राप्त गरे।

 

Advertisement 2

हाफ म्याराथन महिलातर्फ जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले उपाधि जितिन्। उनी पाँचौं संस्करणकी विजेता पनि हुन्। यसपटक उनले उपाधिसँगै ७५ हजार रुपैयाँ पुरस्कार हात पारिन्। सशस्त्र प्रहरीकी फुलमती राना दोस्रो र आश्मा विश्वकर्मा तेस्रो स्थानमा परे।

त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले ११ औं नेपालगन्ज म्याराथनको महिला हाफ म्याराथनमा पहिलो स्थान हासिल गरेकी छिन्। तस्बिर सौजन्य – अमित रावल

यस वर्ष पहिलोपटक विद्यालयस्तरमा सुरु गरिएको ‘नेपालगन्ज ट्रफी’ सर्वाधिक सहभागी दर्ता गराएको आधारमा एन्जल्स स्कुलले जित्यो। स्कुलबाट ११० जना विद्यार्थीले दौडमा सहभागिता जनाएका थिए। महानायक राजेश हमालले स्कुलकी निर्देशक विवेचना मल्ललाई ट्रफी हस्तान्तरण गरे।

Advertisement 3

स्कुल दौडमा छात्रातर्फ दीपशीखा शाही, ज्ञानदेवी महतारा र अप्सरा बमले शीर्ष स्थान पाए। छात्रतर्फ अरविन्दकुमार यादव, अरमन अहमद दर्जी र किरण रोकायले पहिलो तीन स्थान ओगटे। किड्स रनमा नमांसु थापामगर, सुजन शाही र निकेस फडारा अग्रस्थानमा रहे। ह्वीलचेयर रनमा पारसराम बढई, राजेश हरिजन र मनकुमारी परियार विजयी भए।

म्याराथन शुभारम्भ तथा समापन समारोहमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंक घिसिङ, महानायक राजेश हमाल, मिस नेपाल लुना लुइँटेल, नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाछेड लगायतको उपस्थिति थियो।

 

रेस निर्देशक चन्द्रबहादुर गुरुङका अनुसार म्याराथन, हाफ म्याराथन र अन्य विधाका विजेतालाई ट्रफी र नगद पुरस्कार प्रदान गरिएको छ। शीर्ष दस स्थानमा पर्ने सबैलाई ५ हजार रुपैयाँ दिइएको र दौड पूरा गर्ने हरेक खेलाडीलाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ।

‘नेपाल रनिङ ३’ विशेषांक सार्वजनिक

म्याराथनकै अवसरमा ‘नेपाल रनिङ’ अंक ३ सार्वजनिक गरियो। विमोचन महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेल, मिस नेपाल २०२३ सृच्छा प्रधान, ओलम्पियन दीपक बिष्ट र साग दोहोरो स्वर्णधारी दीपक श्रेष्ठले संयुक्त रूपमा गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle
error: Content is protected !!