Listen LIVE

काठमाडौँ । दशरथ रङ्गशालामा बुधबार साँझ हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेलको दर्शक टिकट एन्फा आफैले बेच्ने भएको छ ।

Advertisement 1

 

एन्फाले मङ्गलबार पत्रकार सम्मेलनगरी यसअघि दर्शक टिकट बेच्नका लागि सम्झौता गरेको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले गैरजिम्मेवार काम गरेकोले एन्फा आफैले टिकट बेच्न लागेको जनाएको छ ।

Advertisement 2

 

आइतबार नेपाल र भारतबिचको सेमिफाइनल खेलमा माउन्ट एभरेष्टले खल्ती एफमार्फत दशरथ रङ्गशालाको क्षमताभन्दा वढी दर्शकलाई टिकट कटाएर रङ्गशालाको सुरक्षामानै चुनौती थपेको एन्फाका प्रवक्ता सुरेश शाहले बताउनुभयो ।

Advertisement 3

 

शाहकाअनुसार माउन्ट एभरेष्टले रङ्गशालाको दर्शक क्षमता करिव १५ हजार भएपनि भारतविरुद्धको खेलमा १९ हजार टिकट काटिएको थियो । तनावपूर्ण खेलमा दर्शकको चापले रङ्गशालाको सुरक्षा अवस्था कमजोर बनेको र सम्झौता गरेको कम्पनीले ठूलो बदमासी गरेको एन्फाका उपाध्यक्ष दीपक खतिवडाले बताउनुभयो ।

 

यसअघि एन्फाले माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई साफ महिला च्याम्पियनसिपको टिकेटिङ अधिकार ८० लाख रुपियाँमा बेचेको थियो । एन्फाले फाइनल खेलको टिकट जावलाखेल खेल मैदान, एन्फा मुख्यालय र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट लिन सकिने जनाएको छ ।

 

टिकट विक्री बुधबार बिहान ८:०० बजेबाट सुरु हुनेछ । फाइनल खेल साँझ ६:३० देखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!