Listen LIVE

नेपालगञ्ज पोष्ट। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको पात्रोअनुसार आज प्रतिपदा तिथि श्राद्ध गरिने दिन हो। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपरान्हसम्म सकाउनुपर्ने मान्यता छ।

Advertisement 1

 

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवंगत पितृलाई तर्पण, सिदा दान र पिण्डदान गरेर सम्झने प्रचलन भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ। यस अवधिलाई अपर पक्ष वा प्रेत पक्ष नामले पनि चिनिन्छ।

Advertisement 2

 

वैदिक सनातन परम्पराअनुसार ठूला चाडपर्व वा यज्ञयागादि गर्नु अघि पितृलाई श्रद्धा र भक्तिका साथ सम्झने परम्परा रहेको छ। धर्मशास्त्रविद्हरूका अनुसार यस अवधिमा पितृले आश गरी बसेका हुन्छन् भन्ने विश्वास गरिएको छ। श्राद्ध नगरेमा अक्षम्य दोष लाग्ने शास्त्रीय वचन रहेको भन्दै धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले जाताशौच, मृताशौच वा पत्नी रजस्वला भएकाबाहेक सोह्र श्राद्ध नगुमाउन सुझाव दिएका छन्।

Advertisement 3

 

सोह्र श्राद्ध सम्पन्न भएपछि दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ। दसैँ मनाउनुअघि पितृ तृप्तिको कर्म सम्पन्न गर्ने परम्परा रही आएको धर्मशास्त्रविद्हरूले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!