काठमाडौं । काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्री समेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो । उनी २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । तर कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय थिए । उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन प्रकाशमान निवासमै भएको हो । Post navigation पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो दाङको लमहीमा मिनी बस दुर्घटना, ९ जनाको मृत्यु, १२ जना घाइते