Listen LIVE

बाँके, नेपालगन्ज – स्वास्थ्य कार्यालय बाँकेका अनुसार, गत वर्ष जिल्लाभर १० लाख ६ हजार ६ सय २९ वटा कण्डम वितरण गरिएको छ। स्वास्थ्य कार्यालयका एचआइभी फोकल पर्सन रविन्द्र साहका अनुसार, चालु आर्थिक वर्षको साउन महिनामा मात्र १७ हजार ३ सय २५ वटा कण्डम वितरण गरिएको छ। भदौ र असोज महिनाको तथ्यांकलाई अद्यावधिक गर्ने काम भइरहेको छ।

कण्डम वितरण स्वास्थ्य कार्यालयले जिल्लाभरका स्वास्थ्य चौकी र विभिन्न सामाजिक संघसंस्थामार्फत निःशुल्क रुपमा गर्दै आएको छ। केही व्यक्तिहरूले निजी मेडिकल स्टोरहरूबाट कण्डम खरिद गर्ने गरेकाले त्यसको संख्या भने यसमा समावेश गरिएको छैन।

कण्डम दिवसको अवसरमा सनिबार नेपालगन्जको त्रिभुवन चोकमा विशेष स्टल राखिएको थियो। उक्त स्टलमार्फत कण्डमको सही प्रयोग, यसका फाइदा, र प्रयोग गर्ने तरिकाको जानकारी दिइएको थियो। साथै, निःशुल्क कण्डम वितरण र एचआइभी परीक्षणको पनि व्यवस्था गरिएको थियो।

Advertisement 1

त्रिभुवन चोकमा महिलाहरू परामर्श लिदै


यस वर्षको कण्डम दिवसको नाराका रूपमा “कण्डमको सही प्रयोगले दिन्छ एचआइभी, यौन रोग र नचाहेको गर्भबाट सुरक्षा” भन्ने सन्देशलाई अगाडि सारिएको छ। दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा, भेरी अस्पताल, परिवार नियोजनसम्बन्धी संघ-संस्था लगायत अन्य संघ-संस्थाहरूको संयुक्त पहलमा कार्यक्रम आयोजना गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!