Listen LIVE

नेपालगञ्ज, असार १६ : पछिल्लो तीन घण्टाको अवधिमा लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दाङको अम्बापुर, घोराही, बेलझुण्डी, बाँकेको कुसुम लगायतका क्षेत्रमा मध्यम वर्षा मापन भएको हो।

Advertisement 1

 

मौसम विभागले अझै केही घण्टासम्म ती क्षेत्रहरूमा थप वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। विशेषगरी पश्चिम राप्ती तथा बबई नदी जलाधार क्षेत्रका सहायक खोलाहरूमा जलसतह बढ्ने सम्भावना रहेकाले नदी आसपास बसोबास गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Advertisement 2

 

बाँके जिल्लाको भगवनपुर वर्षामापन केन्द्रमा भने भारी वर्षा मापन गरिएको छ। त्यसकै असर स्वरूप डुडुवा खोलामा आकस्मिक बाढीको जोखिम बढेको छ। तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूलाई सतर्क रहन विभागले विशेष अनुरोध गरेको छ।

Advertisement 3

 

यसैबीच, गुल्मी जिल्लाको भर्से वर्षामापन केन्द्र तथा आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ। भिरालो र कमजोर जमिन भएकाले पहिरोको जोखिम पनि उत्तिकै उच्च रहेको मौसम विभागले जनाएको छ। स–साना खोलाहरूमा पानीको सतह चढ्न सक्ने भएकाले सतर्कता अत्यावश्यक भएको विभागको भनाइ छ।

 

सुझाव

खोला तथा नदी किनारमा अनावश्यक आवतजावत नगर्नुहोस्।

कमजोर घर र भिरालो जमिनको नजिक नबस्न अनुरोध।

स्थानीय तह र सुरक्षा निकायको सूचना पालना गर्न आग्रह।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!