खजुरा , बाँके । बाँकेको खजुरा गाउँपालिका–२ स्थित ए गाउँबाट प्रहरीले ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ।
Advertisement 1
पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय प्रकाश थापा र २७ वर्षीय गौरव विक रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहीबार राति प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरी टोलीले प्रकाश थापाको घरमा खानतलासी गर्ने क्रममा १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।
Advertisement 2
लागुऔषध बरामद भएपछि दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Advertisement 3
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय धनौलीबाट भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%











