Listen LIVE

नेपालगञ्ज, साउन १७ : सुनसरी र सिराहामा भएका पछिल्ला घटनापछि देशभर शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले बाँकेको नेपालगञ्जमा शनिबार बिहान बृहत् नागरिकस्तरीय सामाजिक सद्भाव र्‍याली सम्पन्न भएको छ।

Advertisement 1

 

Advertisement 2

जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा आयोजित र्‍याली वीपी चोकबाट सुरु भई वीरेन्द्र चोकसम्म पुगेको थियो। र्‍यालीमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख, विभिन्न धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Advertisement 3

यसअघि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्ने उद्देश्यले सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शनिबार बिहान र्‍याली सम्पन्न गरिएको हो।

र्‍यालीमा सहभागीहरूले आपसी भाइचारा, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्दै समाजमा शान्तिपूर्ण वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार र संयमित बन्नुपर्नेमा जोड दिएका थिए।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सुनसरी र सिराहामा भएका घटनापछि समाजमा सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले र्‍याली आयोजना गरिएको बताए। उनले कुनै पनि घटना वा अफवाहका आधारमा सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै सत्यतथ्य सूचना मात्र विश्वास गर्न अनुरोध गरे।

उनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै बाँकेमा विद्यमान आपसी सद्भाव र सहिष्णुताको वातावरणलाई अझ सुदृढ बनाउन सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताए।

 

र्‍यालीमार्फत सहभागीहरूले “शान्ति, एकता र सामाजिक सद्भाव नै नेपालगञ्जको पहिचान” भन्ने सन्देश प्रवाह गर्दै सबै समुदायबीच आपसी विश्वास, सम्मान र सहकार्यलाई थप मजबुत बनाउन आह्वान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!