Listen LIVE

काठमाडौं । विद्रोही समूहले राजधानी दमास्कस कब्जा गरेपछि सिरियाका राष्ट्रपति बसर अल असदले देश छाडेका छन् । उनी कहाँ गए भन्ने स्पष्ट हुन सकेको छैन ।

उनी रुस वा इरानतर्फ प्रस्थान गरेको अनुमान छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले असाद रुसको राजधानी मस्को प्रस्थान गरेको सोसल मिडिया ट्रुथमा लेखेका छन् । यद्यपि यो पुष्टि हुन बाँकी छ ।

Advertisement 1

 

कतिपय मिडियाले देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद सवार प्लेन दुर्घटना भएको अनुमानसहितका समाचार पनि लेखेका छन् । तर यो पनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।

Advertisement 2

 

असद र उनको परिवारका सदस्य सवार आईएल–७६ विमान जमिनबाट ५०० मिटर माथि आकासमा दुर्घटना भएको हल्ला छ । त्यसअघि विमान राडारबाट सम्पर्कविच्छेद भएको बताइन्छ । कतिपयले विमानलाई विद्रोहीहरुले खसालेको दाबी समेत गरेका छन् । दुर्घटना भएको वा विद्रोहीले खसालेको भन्ने विवरण पुष्टि हुन भने बाँकी छ ।

Advertisement 3

 

सिरियाका विद्रोहीहरुले राजधानी दमास्कस कब्जा गर्नुभन्दा अगाडि दमास्कसबाट अन्तिम उडान भर्ने सिरियाई एयरको उडान नम्बर ९२१८ आईएल ७६ विमान थियो । ओपन सोर्स फ्लाइट ट्र्केर्सका अनुसार उड्नासाथ विद्रोहीहरुले कब्जा गरेको होम्स शहरमाथिको आकासबाट विमान सम्पर्कविच्छेद भएको थियो ।

 

विद्रोहीहरु देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए । विद्रोही समूह एचटीएसले सिरियामा असद परिवारको ५० वर्ष लामो शासन अन्त्य भएको र नयाँ दिन सुरु भएको जनाएको छ ।

केही दिन प्रधानमन्त्रीले सत्ता सम्हाल्ने

यसैबीच असदको अनुपस्थितिमा सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी जलालीले केही दिन सत्ता सम्हाल्ने विद्रोही समूहका नेताहरुले बताएका छन् ।

राष्ट्रपति असदले देश छाडे पनि उनी आफ्नै घरमा छन् । उनले भनेका छन्, ‘म आफ्नै घरमा छु, कहीँ गएको छैन । किनभने मलाई देशको माया छ ।’

सिरियाका प्रधानमन्त्री जलानीले शान्तिपूर्ण तरिकाले विपक्षलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । उनले सिरियाका नागरिकहरुलाई सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन अपिल समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!