Listen LIVE

नेपाल सरकारको परराष्ट्र सेवामा लामो समय योगदान पुर्‍याएकी बिन्देश्वरी शाहको निधन भएको छ। ९१ वर्षको उमेरमा बिहीबार बिहान उनको निधन भएको हो।

Advertisement 1

सन् १९३३ फेब्रुअरी १३ मा भारतको कर्सियोङमा जन्मेकी शाहले सेन्ट हेलेन्स कन्भेन्ट, कुर्सियोङबाट स्कुले शिक्षा लिएकी थिइन्। उनले अमेरिकाको बर्नार्ड कलेज, कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेकी थिइन्।

शाहले सन् १९५९ मा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा सेवा सुरू गरेकी थिइन्। उनले वासिङटन डिसी, ढाका र नयाँ दिल्लीमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालेकी थिइन्। सन् १९८८ मा भारतका लागि राजदूत नियुक्त भएकी शाह नेपालकी पहिलो महिला राजदूत थिइन्।

Advertisement 2

सन् १९६६ मा उनले डा. नारायण केशरी शाहसँग विवाह गरेकी थिइन्। उनका दुई छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह छन्। अनिल शाह पूर्वबैंकर हुन्। उज्वल शाहको भने पहिले नै निधन भइसकेको छ।

शाहको निधनले नेपालको कूटनीतिक क्षेत्रमा योगदान दिने एक अनुभवी व्यक्तित्व गुमाएको छ। अन्त्येष्टि कार्यक्रम परिवारको निर्णयअनुसार गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!