Listen LIVE

ललितपुर – ललितपुरको च्यासलस्थित ‘द टाउन क्याफे’ मा बिल तिर्ने विषयमा विवाद हुँदा एक किशोरको हत्या भएको छ। सोमबार राति भएको घटनामा इटहरीका २३ वर्षीय नयन गुरुङको मृत्यु भएको हो।

Advertisement 1

 

घटनामा संलग्न रहेको आरोपमा क्याफेमा काम गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा च्यासल बस्ने २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्ट रहेका छन्।

Advertisement 2

 

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलका अनुसार, विवादको सुरुवात क्याफेको बिल तिर्ने विषयलाई लिएर भएको थियो। विवादपछि क्याफेका ती कर्मचारीहरूले गुरुङमाथि कुटपिट र चक्कु प्रहार गरेका थिए।

Advertisement 3

 

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!