काठमाडौं – नयाँबानेश्वरमा जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि घाइतेहरूको संख्या बढ्दै गएको छ। सोमबार भएको प्रदर्शनमा हालसम्म १४ जनाको मृत्यु भइसकेको छ भने विभिन्न अस्पतालमा सयौं घाइतेको उपचार भइरहेको छ।
Advertisement 1
जेनजीको प्रदर्शनमा प्रहरीको गोली, एक जनाको मृत्यु
ट्रमा सेन्टरमा मात्रै ४९ जना घाइते उपचाररत रहेको अस्पताल स्रोतले जनाएको छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको र निरन्तर उपचार जारी रहेको चिकित्सकहरूले बताएका छन्।
Advertisement 2


आन्दोलनमा सहभागी युवाहरूले भ्रष्टाचार र सामाजिक अन्यायविरुद्ध सडकमा उत्रिएका थिए। तर प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षा निकायसँग भिडन्त भएको थियो।
Advertisement 3
सुरक्षा निकायका अनुसार हालसम्म राजधानीका विभिन्न अस्पतालमा घाइतेहरूलाई उपचारका लागि भर्ना गरिएको छ। घाइतेहरूको विस्तृत विवरण क्रमशः सार्वजनिक भइरहेको छ।











