Listen LIVE

नेपालगन्ज , अर्जुन वली : नेपाल–भारत सीमा नाका जमुनाहामा पछिल्लो समय चहलपहलमा वृद्धि भएको छ। करिब डेढ महिनासम्म सुनसान रहेको नाकामा सरकारले भन्सार नियममा लचिलोपन अपनाएसँगै सर्वसाधारणको आवतजावत बढ्न थालेको हो।

Advertisement 1

 

गत वैशाखदेखि जेठको दोस्रो सातासम्म सरकारले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार शुल्क लिने नीतिलाई कडाइका साथ कार्यान्वयन गरेको थियो। जसका कारण सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्ताको संख्या ह्वात्तै घटेको थियो। तर, चौतर्फी दबाबपछि जेठ १५ गते सरकारले उक्त नीति संशोधन गर्दै पाँच सय रुपैयाँसम्मको सामानमा भन्सार नलाग्ने व्यवस्था गरेको छ।

Advertisement 2

 

संशोधित नीतिअनुसार, अब पाँच सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तुहरू साथमा लिएर आवतजावत गर्दा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछन्। यसअघि एक सय रुपैयाँभन्दा माथिको सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने बाध्यता थियो।

Advertisement 3

 

जमुनाहा नाकामा कार्यरत अटोरिक्सा चालक शंकर क्षेत्री भन्छन्, ‘सुरुमा एक सय रुपैयाँको नियमले नाका निकै सुनसान थियो। अहिले पाँच सयसम्मको सीमा तोकिएपछि नाकामा केही चहलपहल फर्केको छ।’

 

भन्सार नीतिमा गरिएको सहुलियतले राजस्व संकलनमा झिनो असर पर्ने देखिए पनि ठुलो प्रभाव नपर्ने भन्सार प्रमुख जनाद्र्धन पौडेल बताउँछन्। उनी भन्छन्, ‘भन्सार शुल्कमा सहुलियत दिँदा राजस्वमा केही प्रभाव पर्नु स्वाभाविक हो, तर यसले आम नागरिकलाई ठुलो राहत दिएको छ।’

 

नेपालगन्ज भन्सार कार्यालयका अनुसार यसअघि दैनिक ३२ हजारको हाराहारीमा मानिस र ६ सयको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्ने गरेकोमा अहिले सो संख्या आधाभन्दा कममा झरेको छ। यात्रु शाखाबाट पहिले दैनिक तीनदेखि चार लाख रुपैयाँसम्म राजस्व संकलन हुने गरेकोमा पछिल्लो कडाइपछि राजस्वको दरमा केही वृद्धि भएको कार्यालयको तथ्यांक छ।

 

भन्सार विभागले नेपालगन्ज भन्सारलाई चालु आर्थिक वर्ष २०८२/८३ का लागि २४ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ। असार ३ गतेसम्म १८ अर्ब ६७ करोड ३६ लाख २० हजार रुपैयाँ संकलन भइसकेको छ। विभागको लक्ष्य भेट्न अब बाँकी दिनहरूमा दैनिक ६ देखि ७ करोड रुपैयाँ राजस्व उठाउनुपर्ने चुनौती कार्यालयसामु छ।

हाल साना मूल्यका सामानको जाँचपासका लागि यात्रु शाखा र ठुला मालवाहक सवारीसाधनका लागि एकीकृत जाँचचौकीमार्फत काम भइरहेको भन्सार कार्यालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!