Listen LIVE

काठमाडौं, साउन ५ – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्ताबारे पार्टी केन्द्रीय समितिलाई जानकारी गराएका छन्।

Advertisement 1

 

सोमवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले उक्त भेटमा भएका कुराकानीबारे प्रष्ट पारेका हुन्।

Advertisement 2

 

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले भेटका क्रममा आफूले सरकारका कामकारबाही, एमालेमाथि भइरहेका प्रहारहरू, विधान अधिवेशन र अन्य समसामयिक विषयमा खुला रूपमा छलफल गरेको बताएका छन्।

Advertisement 3

 

पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा संभावित भूमिकाका बारेमा उठेका प्रश्नबारे पनि ओलीले प्रष्ट दृष्टिकोण राखेको जानकारी उनले दिए। “राष्ट्रपति भइसकेको व्यक्तिले राजनीतिमा सक्रिय हुन मिल्छ कि मिल्दैन भन्ने विषयमा अध्यक्ष कमरेडको तर्फबाट भइरहेको अभ्यासबारे स्पष्ट धारणा राखिएको छ,” गौतमले बताए।

 

पार्टी सदस्यतासम्बन्धी विषयमा पनि बैठकमा छलफल भएको र यसमा कुनै विवाद नरहेको भन्दै केन्द्रीय समितिको निर्णय नै अन्तिम हुने जानकारी समेत ओलीले दिएका छन्।

 

एमालेको केन्द्रीय समिति बैठक अझै जारी रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!