Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज : नेपालगन्जमा आज भ्रष्टाचार विरुद्धको २२ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा पाँचौ संस्करणको वाकाथन सम्पन्न भयो। भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था बास नेपालले आयोजना गरेको कार्यक्रम अन्तरालको सहकार्यमा भएको हो।

Advertisement 1

बिहान गणेशमान चौकबाट सुरु भएको वाकाथन बिपि चौक, त्रिभुवन चौक, सदरलाइन र जिल्ला प्रशासन कार्यालय हुँदै रामलिला मैदानमा पुगेर समापन भयो। सहभागीहरुले ‘भ्रष्टाचार विरुद्ध सँगै हिँडौं’ भन्ने संदेशसहित नाराहरु र गीतमार्फत सडकमा जनचेतना फैलाए।

Advertisement 2

समापन समारोहमा नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, राप्ती सोनारी गाउँपालिकाका उपप्रमुख मनिशा सिंह थारु, डा. किशोर खत्री, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ र जेनजी समूहका प्रतिनिधி जीवन माझीले सम्बोधन गरे।

Advertisement 3

वक्ताहरुले सुशासन, पारदर्शिता र नागरिक निगरानीका बिना भ्रष्टाचार नियन्त्रण सम्भव नभएको जिकिर गरे। पूर्व सचिव बास्कोटाले राज्यका निकाय गम्भीर नबनेसम्म सुशासन स्थापित नहुने भने, सहायक सीडीओ गुरुङले वाकाथन जस्ता अभियानले समाजमा सकारात्मक प्रभाव पारिरहेको बताए।

उपप्रमुख थारुले सबै तहबाट सहकार्य र नागरिक सचेतनाले मात्र भ्रष्टाचार अन्त्य हुने धारणा राखिन्। अभियानकर्ता डा. खत्रीले भ्रष्टाचारलाई ‘महारोग’ भन्दै यसको विरुद्ध एकमत भएर लाग्न आग्रह गरे। युवा जीवन माझीले भ्रष्टाचार चरम सीमामा पुगेको भन्दै युवाहरु अग्रपंक्तिमा उभिनुपर्ने बताए।

उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भ्रष्टाचारमुक्त समाज निर्माण भए मात्रै देश विकासले गति लिने उल्लेख गरे।

 

कार्यक्रमको सञ्चालन बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरे भने सहजिकरण कार्यक्रम अधिकृत रविन्द्र बोहराले गरे। कार्यक्रममा खुला हाजिरीजवाफ प्रतियोगिता पनि राखिएको थियो, जसका २० जना विजेतालाई पुरस्कार प्रदान गरिएको थियो।

वाकाथनमा विभिन्न संघसंस्था, विद्यालय, सामुदायिक समूह र नागरिक समाजका प्रतिनिधिहरूले सहभागिता जनाउँदै भ्रष्टाचारविरोधी अभियानप्रति ऐक्यबद्धता प्रकट गरे।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!