Listen LIVE

नेपालगञ्ज : अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भयानक कार दुर्घटनामा परी दुई नेपाली युवकको मृत्यु भएको छ

Advertisement 1

 

दुर्घटनामा परी ज्यान गुमाउने रुकुम जिल्लाको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी रहेको उनका छिमेकी सुशील चन्दले जानकारी दिएका छन् । अर्का युवक बर्दियाका विवेक सुवेदी भएको स्थानीय समाजसेवी योगेश श्रेष्ठले बताएका छन् । उनका अनुसार काठमाडौंका मेहुल श्रेष्ठ घाइते भएका हुन् । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् उनको स्वास्थ्य अवस्था खतरामुक्त छ ।

Advertisement 2

 

कार चालक ३० वर्षीय विजय तामाङलाई पक्राउ गरी दुई जनाको हत्या अभियोगमा लाउडाउन काउन्टी सेरिफ कार्यालयले मुद्दा चलाउने तयारी गरिरहेको छ । उनलाई लाउडाउन काउन्टी अडल्ट डिटेन्सन सेन्टरमा राखिएको पुष्टि गरेको छ ।

Advertisement 3

 

स्थानीय समयअनुसार शुक्रबार मध्यराति साढे १२ बजे दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको बताइएको छ । चालक तामाङले अत्यधिक मादक पदार्थ सेवन गरी कार चलाएकाले दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ । अत्यधिक गतिमा चलाइएको उक्त कार नियन्त्रण गुमेपछि सडकबाहिर पुगी रुखमा ठोक्किएको प्रहरीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!