Listen LIVE

पोखरा, बैशाख २२ – पोखरास्थित फेवातालमा सोमबार दिउँसो आएको अचानक हावाहुरीका कारण डुंगा सयरमा गएका यात्रुहरू अलपत्र परेका छन्। सशस्त्र प्रहरी बल नेपालका गोताखोरसहितको विपद् उद्धार टोलीले तालमा फसेका आठ जनाको सकुशल उद्धार गरेको हो।

Advertisement 1

 

चितवनको भरतपुर महानगरपालिका–५ निवासी २१ वर्षीय रेशम थापा फेवातालमा डुबेका थिए। उनलाई सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ टोलीले सुरक्षित रूपमा उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Advertisement 2

 

Advertisement 3

त्यसैगरी, तालमा कायाक बोटमा सयर गरिरहेका एक जना र अन्य डुंगामा रहेका छ जना गरी थप सात जनालाई पनि सकुशल उद्धार गरिएको छ। कुल आठ जनाको सफल उद्धार गरिएको हो।

हावाहुरीका कारण अचानक उत्पन्न जोखिमपूर्ण परिस्थितिमा सशस्त्र प्रहरी बल नेपालले देखाएको सक्रियता र तत्परताले सम्भावित दुर्घटनाबाट ज्यान जोगिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!