मोरङ : मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बारामा एक जना युवकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-४ स्थित फुपाजुको घरमा आएका भारत मोतीहारी दरपा थाना नरकटिया गाउँ बस्ने १७ वर्षीय सहिल साहको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर साह गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । यता मोरङको सुनवर्षी नगरपालिका-४ चैत्ता बस्ने ३५ वर्षीया रेखा देवी सिंहको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरको माथि टिनको जस्ता निकाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । Post navigation विद्रोही समूहले राजधानी दमास्कस कब्जा गरेपछि सिरियाका राष्ट्रपति बसर अल असदले देश छाडे बाँकेमा बस दुर्घटना, दुई घाइते