काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको स्टन्टबाजीका भरमा जनताको दिमाग चाट्ने काम भइरहेको टिप्पणी गरेका छन्।
Advertisement 1
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। उनले अब एकताबद्ध भएर मात्र यस्ता स्टन्टबाज प्रवृत्तिलाई रोक्न सकिने बताएका छन्।
प्रचण्डले पुराना सहकर्मीहरूलाई पुनः एकतामा आउन आह्वान गर्दै भने, “अब पनि एक्ला–एक्लै हिँडेर केही हुनेवाला छैन। राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने र जनताको विकास तथा समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प छैन।”
Advertisement 2
उनले रास्वपाप्रति संकेत गर्दै घण्टी बजाएर मात्र देशको समस्या समाधान नहुने पनि स्पष्ट पारे। सामाजिक सञ्जालमा देखिने लोकप्रियताभन्दा व्यवहारिक राजनीति र जनताका वास्तविक समस्यामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
प्रचण्डको यो अभिव्यक्तिलाई वर्तमान राजनीतिक परिदृश्य र नयाँ शक्तिहरूको उदयप्रति गरिएको कडा टिप्पणीका रूपमा हेरिएको छ।









प्रतिक्रिया