Listen LIVE

जाजरकोट:जाजरकोटमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ३२ जना घाइते भएका छन्।

Advertisement 1

 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार कुदुमा फोर्स गाडी दुर्घटना हुँदा २५ जना घाइते भएका छन् भने नलगाडमा भएको बोलेरो दुर्घटनामा सात जना घाइते भएका छन्।

Advertisement 2

 

जाजरकोटका प्रहरी प्रमुख पुरूषोत्तम पाण्डेका अनुसार बा.४ख १८९२को फोर्स गाडी भेरी नगरपालिका-१३ कुदुमा दुर्घटना भएको हो। गाडीमा रहेका २५ जना यात्रु घाइते भएको र उनीहरूको उद्धार गरेर अस्पताल पठाइएको उनले बताए। घाइते मध्ये चालक प्रतिक चन्दको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। बाँकेको नेपालगन्जबाट सदरमुकाम खलङ्गा जाँदै गरेको फोर्स गाडी १२ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।

Advertisement 3

 

यस्तै जाजरकोटको नलगाड नगरपालिका-४ को बाउसेखोलामा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

 

बारेकोट गाउँपालिकाबाट सदरमुकाम खलङ्गा जाँदै गरेको घ.१.ज. ५९५ नम्बरको बोलेरो सोमबार बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। ७० वर्षीया ओइला घर्ती, ७१ वर्षीया तुलसी पुन, ६० वर्षीया धनकली थापा, २२ वर्षका आकाश घर्ती, ७८ वर्षीया निलु सिंह, ८० वर्षीया पद्मी घर्ती र ७० वर्षीया जैकली रोकाय घाइते भएका छन् । दुर्घटना घाइते भएका सबै यात्रु बारेकोट(२ लिम्साका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!