Listen LIVE

नेपालगञ्ज : काठमाडौंको साँखुस्थित प्रहरी प्रभागको ब्यारेकमा एक महिला प्रहरी जवान मृत अवस्थामा फेला परेकी छिन्। बुधबार मध्यान्ह करिब १२ बजेतिर प्रहरी जवान निशा चौधरी झुन्डिएको अवस्थामा भेटिएकी हुन्।

Advertisement 1

 

प्राप्त जानकारी अनुसार २३ वर्षीया चौधरीले सिलिङ फ्यानमा आफ्नै सलको पासो लगाएर आत्महत्या गरेकी थिइन्। उनी शाली नदी मेलाको ड्युटीमा खटिएकी थिइन्। मेलामा खटिएका अन्य दुई जना प्रहरी जवानले त्यहीँ खाना खाएका थिए, तर चौधरी ब्यारेकमै फर्केर खाना खाइरहेकी थिइन्। लम्बो समयसम्म कोठाबाट ननिस्केपछि सहकर्मीहरूले ढोका ढकढक्याउँदा कुनै प्रतिक्रिया नआएपछि झ्याल फोडेर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

Advertisement 2

 

बर्दियाकी स्थायी बासिन्दा चौधरी तीन वर्षअघि नेपाल प्रहरीमा प्रवेश गरेकी थिइन्। हाल उनी प्रहरी वृत्त गौशालामा कार्यरत थिइन्। विवाहित चौधरीका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा रहेको बुझिएको छ।

Advertisement 3

 

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने चौधरीको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। परिवारका सदस्यहरूलाई समेत खबर गरिएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!