नेपालगञ्ज पोष्ट : नेपाल–भारत सीमा आवतजावत गर्ने यात्रुले अब भारतलाई यात्रु कर तिर्नुपर्ने भएको छ। भारतीय पक्षले लागू गरेको नयाँ नियमअनुसार नेपालगन्ज–रुपैडिहास्थित इन्टिग्रेटेड चेकपोस्ट (आईसीपी) हुँदै सीमा पार गर्ने यात्रुबाट यात्रा कर असुल गरिनेछ।
Advertisement 1
भारतीय सञ्चारमाध्यमका अनुसार वयस्क यात्रुबाट प्रति व्यक्ति १०० रुपैयाँ र बालबालिकाबाट ५० रुपैयाँ यात्रु कर लिइनेछ। यो व्यवस्था नेपाली र भारतीय नागरिक दुवैका लागि समान रूपमा लागू हुने बताइएको छ।
Advertisement 2
आईसीपी पोर्ट एडमिनिस्ट्रेसनले यससम्बन्धी जानकारी सम्बन्धित निकाय तथा जिल्ला प्रशासन कार्यालयलाई गराइसकेको छ। तर, मुख्य नाका जमुनाहा–रुपैडिहा हुँदै सिधै आवतजावत गर्ने यात्रुमा भने यो नियम लागू नहुने स्पष्ट गरिएको छ। आईसीपी प्रयोग गरी सीमा पार गर्ने यात्रुबाट मात्र कर लिइने जनाइएको छ।
Advertisement 3
नेपालगन्ज–रुपैडिहा आईसीपी हुँदै दैनिक सयौँको संख्यामा नेपाल–भारत सीमा आवतजावत हुने गर्दछ। रोजगारी, व्यापार, उपचार तथा व्यक्तिगत कामका लागि ठूलो संख्यामा यात्रुहरू यही नाका प्रयोग गर्दै आएका छन्।
नयाँ नियम कार्यान्वयनसँगै आईसीपी प्रयोग गर्ने यात्रुमा थप आर्थिक भार पर्ने देखिएको छ।










प्रतिक्रिया