Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज । नेपाली चलचित्र ‘बिगुल’ आगामी फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्रको निर्माण टिमले शनिबार नेपालगञ्जमा विशेष प्रमोशनल कार्यक्रम आयोजना गर्दै पत्रकार, सामाजिक अभियन्ता तथा स्थानीय दर्शकसँग प्रत्यक्ष संवाद गरेको छ।

Advertisement 1

नेपालगञ्ज जेसिजको स्थानीय समन्वयमा आयोजित कार्यक्रम जेसिज अध्यक्ष मोहित बाबु शर्माको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा चलचित्रको भाव, उद्देश्य र सामाजिक सन्देशबारे जानकारी दिँदै निर्माता तथा कथाकार दिनेश कोइरालाले ‘बिगुल’ समकालीन जेन–जी युवाले उठाइरहेका मुद्दामा केन्द्रित चलचित्र भएको बताए।

Advertisement 2

उनले देशलाई कस्तो नेतृत्व चाहिन्छ, परिवर्तन किन आवश्यक छ र युवाको चेतनाले कस्तो भूमिका खेल्न सक्छ भन्ने विषय चलचित्रको मूल कथा रहेको उल्लेख गरे। “बिगुल भुइँमान्छेको आवाज बोल्ने चलचित्र हो,” उनले भने, “यसले दर्शकलाई सोच्न बाध्य बनाउँछ।”

Advertisement 3

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले चलचित्रले राजनीतिक चेतना र परिवर्तनको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। उनले ‘बिगुल’को व्यावसायिक सफलताको शुभकामना दिँदै सामाजिक विषयमा आधारित चलचित्रले दर्शकको मन जित्ने अपेक्षा व्यक्त गरे।

 

सो अवसरमा नेपालगञ्ज जेसिजका पूर्व अध्यक्ष रोशन श्रेष्ठ, कार्यक्रम संयोजक सत्यनारायण थारू, चलचित्रका नायक नरेन्द्र खड्का, निर्देशक रमेश कोइराला, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, अकोराब सदस्य मो. आरिफ अन्सारी, चलचित्र पत्रकार संघ बाँके अध्यक्ष रामचन्द्र पौडेल, क्रियाशील महिला पत्रकार समूह बाँके अध्यक्ष सावित्री गिरी लगायतको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा जेसी माधव बेल्वासेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। सहभागीहरूले सामाजिक यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेको भन्दै चलचित्र ‘बिगुल’ प्रति चासो र अपेक्षा व्यक्त गरेका छन्।

 

नेपाली समाजको यथार्थ, युवाको सोच र परिवर्तनको बिगुल फुक्ने प्रयासका रूपमा हेरिएको यो चलचित्रले नेपालगञ्जका दर्शकको साथ पाउने निर्माण टिमको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!