नेपालगञ्ज : गायक सन्तोष दवाडी र गायिका सिर्जना श्रेष्ठको आवाजमा रहेको नयाँ नेपाली गीत ‘लाइदेउ नजर यता’ सार्वजनिक भएको छ।
Advertisement 1
डाक्टर बाबुराम दवाडीको शब्द रहेको यस गीतमा सन्तोष दवाडीको संगीत छ भने कृष्ण बि.के.ले एरेन्ज गरेका छन्। गीतको ध्वनि सम्पादन कुमार राणाले गरेका हुन् भने रेकर्डिङ मरुनी स्टुडियो मा गरिएको हो।
Advertisement 2
गीतको भिडियो पनि निकै आकर्षक बनेको छ। निर्देशक निशान बानियाँ को निर्देशनमा तयार पारिएको भिडियोमा निहारिका थापा, कैलाश थापा र बाबुराम दवाडी को अभिनय रहेको छ। सुरेश श्रेष्ठको छायांकन तथा सुजन कोईरालाको सम्पादन रहेको भिडियो पानस फिल्म्स को ब्यानरमा निर्माण भएको हो।
Advertisement 3
यस गीतलाई पानस फिल्म्स ले निर्माण तथा बजार व्यवस्थापन गरेको छ। हिजो मात्र सार्वजनिक भएको यो गीतले दर्शक तथा स्रोताको राम्रो प्रतिक्रिया पाइरहेको छ।










प्रतिक्रिया