Listen LIVE

बाँके, नरैनापुर : नरैनापुर गाउँपालिकामा शिक्षा क्षेत्रमा चलेको अनियमितता र भ्रष्टाचारका विषयले स्थानीय वातावरण तातेको छ। विद्यार्थी, अभिभावक, स्थानीयवासी र सरोकारवाला समूह सडकमा उत्रिएपछि गाउँपालिकाको शिक्षा व्यवस्था गम्भीर प्रश्नमा परेको छ।

Advertisement 1

आन्दोलनकारीको आरोप अनुसार गाउँपालिकाभित्र ‘शैक्षिक माफिया’ सक्रिय छन् र यसको नेतृत्व शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले गरेका छन्। उनीमाथि बजेट दुरुपयोगदेखि लिएर दैनिक पठनीय सेवा–सुविधामा समेत लापरवाही भएको गम्भीर आरोप छ। स्थानीयले उनलाई तत्काल पदबाट हटाई निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

Advertisement 2

पत्रकार विनय दीक्षितले विद्यालयमा स्थानीय पाठ्यक्रम अहिलेसम्म लागू नहुनु, त्यसका लागि छुट्याइएको बजेटको विवरण सार्वजनिक नहुनु, र पारदर्शिता गुमिएको विषयलाई मुख्य प्रमाणका रूपमा उठाए। उनका अनुसार दिवा खाजाका नाममा लाखौँ खर्च देखाइए पनि बालबालिकालाई चिउरा, नमकिन र पानी बाहेक केही नपर्ने अवस्था बनाइएको छ। उनले यसमा ठूला आर्थिक खेल भएको दाबी गरेका छन्।

Advertisement 3

 

विद्यालयको भौतिक अवस्था पनि चिन्ताजनक रहेको आन्दोलनकारी बताउँछन्। कतिपय विद्यालयमा डेस्क–बेन्च अभाव, खानेपानी सुविधा नचल्ने, र लाखौँ खर्चेर जडान गरिएका वाटर प्युरीफायर आजसम्म सञ्चालनमा नआएको तथ्य बाहिर आएका छन्। साथै विद्यालयका लागि खरिद गरिएका पंखा र अन्य विद्युतीय उपकरण शिक्षक तथा प्रधानाध्यापकको घरमा राखिएको आरोपले अभिभावक झनै आक्रोशित भएका छन्।

 

शिक्षकको कमी, अनुगमन नहुनु, शिक्षक नियुक्तिमा लेनदेन, र पछिल्ला वर्षहरूमा एसईई नतिजा अत्यन्त कमजोर हुनु जस्ता कारणले शिक्षा क्षेत्र थप अस्तव्यस्त भएको जनाइएको छ। स्थानीयको भनाइमा शिक्षा शाखामा परेका उजुरीसमेत वर्षौंदेखि बेवास्ता हुँदै आएका छन्, जसले सबै तह मिलेमतोमा भएको संकेत गर्दछ।

 

गाउँपालिका अध्यक्ष स्तियाक अहमद शाहले पनि यस्ता आरोपमा चासो नदिएको भन्दै आन्दोलनकारीले असन्तुष्टि जनाएका छन्।

 

बुधबार एक दिने चक्काजाम र धर्ना कार्यक्रम सम्पन्न भएको थियो। आन्दोलनकारीहरूले शिक्षा शाखा प्रमुख हटाइएपछि मात्र दोस्रो चरणको वार्ता गर्ने चेतावनी दिएका छन्। आज  (शुक्रबार) नरैनापुर बन्द गर्दै आफूहरूका माग पूरा नभएसम्म दबाब कायम राख्ने घोषणा उनीहरूले गरेका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!