Listen LIVE

सन्देश भुसाल,नेपालगञ्ज, बैशाख १४ । शुक्रबार राति नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीस्थित विशाल चौक नजिकै एक हतियारधारी समूहले स्थानिय बिनय भण्डारीमाथि पेस्तोलबाट गोली प्रहार गरेको छ।

Advertisement 1

 

नेपालगञ्जको वडा नम्बर १ धम्बोजी र वडा नम्बर १८ कारकांदोको सीमाना क्षेत्रमा रहेको क्रिकेट मैदानमा रात्रीकालीन क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेका बेला घटना भएको हो। प्रतियोगितामा अतिथिको रूपमा आमन्त्रण गरिएका ३१ वर्षीय बिनय भण्डारी मञ्चमा बसेर खेल हेर्दै गर्दा करिब १०–१२ जनाको समूहले हातहतियारसहित आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Advertisement 2

 

घटनाका प्रत्यक्षदर्शी र प्रहरीका अनुसार, शुक्रबार राति करिब साढे १२ बजे हतियारधारी समूह कार्यक्रम स्थलमा प्रवेश गरी अन्धाधुन्ध आक्रमण गरेपछि बिनय भण्डारीलाई लक्षित गरी गोली प्रहार गरिएको थियो। समूहका एक सदस्य, सोही स्थानका ४० वर्षीय विश्व पोख्रेलले लुकाइ ल्याएको पेस्तोलबाट भण्डारीमाथि गोली चलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

Advertisement 3

 

प्रहरीले तत्कालै घटनास्थल पुगेर खोजी कार्य तिब्र पारेको र घटनामा संलग्न ३ जनालाई शुक्रबार राति नेपालगञ्ज र कोहलपुरबाट पक्राउ गरिएको छ। त्यसैगरी, शनिबार बिहान थप १ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखिएको बाँके प्रहरीले जनाएको छ।

 

पीडित पक्षले दिएको जानकारीअनुसार नेपालगञ्जकै विश्व पोख्रेल, अस्मित मल्ल, सौगात श्रेष्ठ, विशाल आउजी, नरेश थापा, राजेश थापालगायत १०–१२ जनाको समूहले आक्रमणमा संलग्न रहेको बताएका छन्।

 

घटनापछि बाँके प्रहरीले उच्च प्रविधिको प्रयोग गर्दै फरार अभियुक्तहरूलाई खोजी तथा पक्राउ अभियान सञ्चालन गरेको थियो। शनिबार सार्वजनिक बिदा भएकाले आज आइतबार अभियुक्तहरूको म्याद थपेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

 

यसअघि पनि २०८१ साल पुस १८ गते बिनय भण्डारीको घरमा गई सोही समूहले घर बाहिरबाट पेस्तोल प्रहार गरेको घटनामा उनीहरू संलग्न रहेको बताइएको छ। सो घटनामा समेत प्रहरीले गोलीका खोका बरामद गरेको थियो।

 

शुक्रबार रातिको घटनामा समेत प्रहरीले घटनास्थलबाट गोलीका खोका तथा पेस्तोलको म्याग्जिन बरामद गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभएको छ।

 

यस घटनापछि केही स्थानीय राजनीतिक दलका कार्यकर्ताले पक्राउ परेकालाई छुटाउन दबाब सिर्जना गरेको भन्ने स्रोतको दाबी रहेको छ। तर, प्रहरी स्रोतका अनुसार घटनामा संलग्न दोषीलाई कुनै दबाब वा प्रभावमा नआइ कानुनी कारबाही अघि बढाइनेछ।

 

नेपालगञ्ज क्षेत्रमा विगतमा पनि यस्ता टोले गुण्डागर्दीका घटनाहरू भएका थिए। प्रहरी स्रोतका अनुसार यदि यस्ता समूहलाई समयमा नियन्त्रणमा नलिए समाजमा अपराधीकरण बढ्ने खतरा रहन्छ। बाँके प्रहरी स्रोतले यसपटक भने दोषीलाई कडाइका साथ कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!