बाँके : कोहलपुर – १४ स्थित महेन्द्र प्रसाद शर्माको नाममा रहेको खाली टिनको टहराको नजिक एक महिलाको शव फेला परेको छ। अन्दाजी ६०/६५ वर्ष उमेरकी, मंगोलियन अनुहारजस्तै देखिने, गहुँगोरो वर्ण, पातलो शरीर, उचाई अन्दाजी ५ फिट २ इन्चकी महिलाको शव कोहलपुर क्षेत्रमा भेटिएको हो।
Advertisement 1
उक्त महिलाले कालो ज्याकेट, भित्र नीलो चोलो, रातो बुट्टे धोती र कालो गोल्ड स्टार जुत्ता लगाएकी थिइन्। हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।
Advertisement 2
यदि कसैले उक्त महिलाबारे कुनै जानकारी राख्नुहुन्छ भने तत्काल इलाका प्रहरी कार्यालय कोहलपुरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
Advertisement 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










प्रतिक्रिया