बाँके : कोहलपुर – १४ स्थित महेन्द्र प्रसाद शर्माको नाममा रहेको खाली टिनको टहराको नजिक एक महिलाको शव फेला परेको छ। अन्दाजी ६०/६५ वर्ष उमेरकी, मंगोलियन अनुहारजस्तै देखिने, गहुँगोरो वर्ण, पातलो शरीर, उचाई अन्दाजी ५ फिट २ इन्चकी महिलाको शव कोहलपुर क्षेत्रमा भेटिएको हो।

 

उक्त महिलाले कालो ज्याकेट, भित्र नीलो चोलो, रातो बुट्टे धोती र कालो गोल्ड स्टार जुत्ता लगाएकी थिइन्। हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।

 

यदि कसैले उक्त महिलाबारे कुनै जानकारी राख्नुहुन्छ भने तत्काल इलाका प्रहरी कार्यालय कोहलपुरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

 

Leave a Reply

error: Content is protected !!