Listen LIVE

भारत : भारतको उत्तर प्रदेश राज्यको सुल्तानपुरस्थित एक अस्पतालका हार्थोपेडिक विशेषज्ञको चरम लापरबाही बाहिर आएकोछ ।

Advertisement 1

 

डाक्टरले वृद्धाको भाँचिएको खुट्टाको शल्यक्रिया गर्नुको सट्टा अर्को खुट्टाको शल्यक्रिया गरेका छन् ।

Advertisement 2

 

बिहीबार भुइँलादेवी नाम गरेकी वृद्धा बायाँ खुट्टा भाँचिएपछि उपचारका लागि अस्पताल पुगेकी थिइन् ।

Advertisement 3

 

चिकित्सकले आवश्यक परीक्षणपछि अप्रेसनको तयारी गरे । अप्रेसनपछि महिलालाई बाहिर ल्याउँदा परिवारजन छक्क परे ।

 

किनकि बायाँ खुट्टा भाँचिएर अस्पताल ल्याइएकी भुइँलादेवीको दायाँ खुट्टाको अप्रेसन गरिएको थियो ।

 

भुइँलादेवीका छोरा सुरेश प्रजापतिकाअनुसार बायाँ खुट्टा भाँचिएको थियो तर, डाक्टरले दायाँ खुट्टाको अप्रेसन गरिदिएका थिए ।

 

परिवारजनले यसबारे सोधपुछ गर्न थालेपछि भुइँलादेवीलाई फेरि अप्रेसनका लागि लगिएको र बायाँ खुट्टाको अप्रेसन गरिएकोभारतीय अखबार आजतकले जनाएको छ ।

 

अप्रेसन गर्ने चिकित्सक पीके पाण्डेय सम्पर्कविहीन भएका छन् । अस्पताल प्रशासनले भने चिकित्सकको लापरबाही नभएको दाबीगरेको छ ।

 

अस्पताल सञ्चालक डा। आशुतोष श्रीवास्तवकाअनुसार बिरामीको बायाँ खुट्टाको हड्डी भाँचिएको थियो, जसको अप्रेसन गरिएको छ।

 

दायाँ खुट्टामा रगत जमेका कारण त्यसलाई निकालिएको भन्दै उनले गलत उपचार भएको आरोपको खण्डन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!