Listen LIVE

नेपालगन्ज : ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेपालगन्जमा आयोजित एक संवाद कार्यक्रमका सहभागीहरूले कानुनमा उल्लेख गरिएका अपाङ्गतासम्बन्धी अधिकार र सेवा सुविधालाई व्यवहारमा उतार्न आवश्यक रहेकोमा जोड दिएका छन्। उनीहरूले अहिलेका अधिकारहरू कागजमा मात्र सीमित रहेको भन्दै त्यसलाई व्यावहारिक बनाउन सरोकारवालाहरूको ध्यानाकर्षण गराए।

Advertisement 1

नेपालगन्ज उपमहानगरपालिका र नगर स्तरीय अपाङ्ग सञ्जालको आयोजना तथा सेभ द चिल्ड्रेन, एसडिएफ बाँके, नेपाल संरक्षक समाज, रेडियो कृष्णसार एफएम र डेक नेपाल लगायत आधा दर्जनभन्दा बढी संघ संस्थाहरूको सहकार्यमा “सरोकारवालासँग अपाङ्गता भएका व्यक्तिहरूको सवालमा गरिएको संवाद” कार्यक्रम सम्पन्न भएको हो।

Advertisement 2

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले उपमहानगरपालिकालाई अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले अपाङ्गता भएका व्यक्तिहरूको सचेतना र क्षमता विकासका तालिम लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

Advertisement 3

यस्तै, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले अपाङ्गतासम्बन्धी बनेका ऐन तथा कानुनको व्यावहारिक कार्यान्वयन नभएको पाइएमा उजुरी गर्न आग्रह गरे। उनले राज्यका सबै निकायले अपाङ्गतामैत्री भवन निर्माण गर्नुपर्ने र सेवाप्रवाह गर्नुपर्ने धारणा राख्दै कार्यान्वयनमा जोड दिए।

संवाद कार्यक्रमको प्यानलमा जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर रमेश विष्ट, जिल्ला ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका प्रहरी नायव निरिक्षक रविन्द्र बहादुर बम, यातायात व्यवसायी महासंघ बाँकेका वरिष्ठ सल्लाहकार शोभाकर पौडेल, नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्रा कुमारी पुरी, र अपाङ्गता अधिकारकर्मी भावुक जंग थापा तथा गोकर्ण आचार्य सहभागी थिए।

  • कार्यक्रममा सहभागीहरूको प्रश्नमाथि प्यानल लिष्टका सदस्यहरूले जवाफ दिनुका साथै प्रतिबद्धता व्यक्त गरे:
  • नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख पवित्रा पुरीले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताइन्।
  •  यातायात व्यवसायी महासंघ बाँकेका वरिष्ठ सल्लाहकार शोभा पौडेलले यातायातका क्षेत्रबाट अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
  • जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रमेश विष्टले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइने बताए।

कार्यक्रममा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरू, संघ संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!